१५३ देशका लागि हितकर बीआरआई नेपालका लागि कसरी हुन्छ ‘ऋणको पासो’ ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल सरकार पश्चिमा शक्तिहरुको चीनविरोधि कुप्रचारको शिकार हुँदा बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सहयोगलाई ऋणको पासोको रुपमा व्याख्या गरिएको बताएका छन्।

नेता खनालले बिहीबार विज्ञप्ति जारी गर्दै बीआरआईबारे अनावश्यक विवाद गर्न नहुने र नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने बताएका हुन्। १५३ देशका लागि हितकर बीआरआई नेपालका लागि कसरी ऋणको पासो हुन्छ? भन्दै प्रश्न गरेका छन्।

खनालको प्रश्न छ, ‘बीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति “ऋण पासो” कसरी हुन्छ?’

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआईलगायतका सम्झौता हुने आशामा नेपाली जनता रहेको उनको दाबी छ।

‘नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ‘ऋण पासो’ का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका छन्। यसपटक प्रधानमन्त्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआईलगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य अनेकौँ विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन्,’ उनले भनेका छन्।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको