१५३ देशका लागि हितकर बीआरआई नेपालका लागि कसरी हुन्छ ‘ऋणको पासो’ ?

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल सरकार पश्चिमा शक्तिहरुको चीनविरोधि कुप्रचारको शिकार हुँदा बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सहयोगलाई ऋणको पासोको रुपमा व्याख्या गरिएको बताएका छन्।

नेता खनालले बिहीबार विज्ञप्ति जारी गर्दै बीआरआईबारे अनावश्यक विवाद गर्न नहुने र नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने बताएका हुन्। १५३ देशका लागि हितकर बीआरआई नेपालका लागि कसरी ऋणको पासो हुन्छ? भन्दै प्रश्न गरेका छन्।

खनालको प्रश्न छ, ‘बीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति “ऋण पासो” कसरी हुन्छ?’

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआईलगायतका सम्झौता हुने आशामा नेपाली जनता रहेको उनको दाबी छ।

‘नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ‘ऋण पासो’ का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका छन्। यसपटक प्रधानमन्त्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआईलगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य अनेकौँ विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन्,’ उनले भनेका छन्।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको