काठमाडौं- पश्चिमी न्युन चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा अझै केही दिन पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ।
आज पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहने उल्लेख छ। बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भाग, मध्य र पुर्वका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। अहिले काठमाडौं, भक्तपुर लगाएत देशका विभिन्न स्थानमा वर्षाद भइरहेको छ।
