चितवनको सौराहामा हात्ती महोत्सवको रौनक (तस्वीरहरू)

चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव चलिरहेको छ। पौष १० गतेदेखि क्षेत्रीय होटल संघ चितवनको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको हो।

सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सवको उद्घाटनअघि सिंगारिएका हात्तीको लस्करसहित आदिवाासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।

शुक्रबार हात्ती सुन्दरी प्रतियोगिता भएको थियो जसमा प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै बिजुलीकली हात्ती सुन्दरी चयन भएकी थिइन् । महोत्सवको तेस्रो दिन शनिबार हात्तीलाई भोजन गराइएको छ । ७० वटा हात्तीलाई उनीहरूको मन पर्ने भोजन गराइएको हो । उखु, केरा, लगायतका फलफूल खुवाइएको हो ।

जहाँ लस्करै उभिएका हात्तीले टेबलमा राखिएका उनीहरूलाई मन पर्ने फलफूल र खानेकुरा खाने छन् ।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। व्यवसायीहरूले पुस १० देखि १६ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएकाे जनाएका छन्।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको