के हो हेयर ट्रान्सप्लान्ट ? कति लाग्छ खर्च ?

काठमाडौँ – आजको समयमा हरेक मानिसका लागि उसको व्यक्तित्व निकै महत्वपूर्ण हुन्छ। व्यक्तित्वलाई बर्करार राख्नका लागि हिजोआज मानिसहरुले धेरै कुराहरुमा ध्यान दिने गरेको पाइएको छ । सुन्दर देखिन र आफ्नो व्यक्तित्व झल्काउनका लागि खर्च गर्नेहरुको संख्या पनि बढ्दो नै छ । यसको बाबजुद पनि प्रदुषण, व्यस्त जीवनशैली, हेरचाहलाई निरन्तरता दिन नसक्नु, केमिकलयुक्त कस्मेटिक प्रोडक्टहरुको अत्याधिक प्रयोग, आदि जस्ता कारणले हाम्रो छाला तथा कपालमा प्रत्यक्ष रुपमा नै प्रभाव परिरहेको हुन्छ ।

पछिल्लो समयमा कपाल झर्ने समस्या महिला पुरुष दुबैमा बढ्दो छ । नेपालमा मात्र नभई विश्वमा नै कपाल झर्ने समस्याबाट पिडित मानिसहरुको संख्या उल्लेखनिय छ । धेरै जसोले कम उमेरमा नै कपाल झर्नाले आत्मविश्वासमा कमी र धेरै अवसरहरु गुमाउनु परेको हुन्छ । विश्वमा व्यक्तित्व विकासका लागि गएिका थुप्रै आविष्कारहरुमध्ये हेयर ट्रान्सप्लान्टलाई अति नै प्रभावकारी मानिएको छ । सन् १९५० को दशकदेखि विश्वमा हेयर ट्रान्सप्लान्टको थालनी भएको पाइन्छ । नेपालका विभिन्न अस्पताल तथा पोलिक्लिनिकहरुमा हेयर ट्रान्सप्लान्टको सेवा पाउन सकिन्छ । त्यसैगरी हाल काठमाण्डौँको जमल विश्वज्योती मलको पहिलो तल्लामा रहेको Nepal International Health Services ( NIHS) मा अनुभवी डाक्टरहरुबाट हेयर ट्रान्सप्लान्टको सेवा उपलब्ध छ । हेयर ट्रान्सप्लान्टका बारेमा Nepal International Health Services ( NIHS) का डा.सन्जीव कुमार झासंग रीता श्रेष्ठले गरेको कुराकानी :

 हेयर ट्रान्सप्लान्ट भनेको के हो ?
हेयर ट्रान्सप्लान्ट भनेको एक किसिमको सर्जरी नै हो जसमा टाउकोको कपाल झरेको भागमा अर्को पट्टीबाट कपाललाई निकालेर प्रत्यारोपण गरिन्छ । टाउकोको कपाल निकालिने भागलाई डोनर पार्ट भनेर चिनिन्छ । डोनर भागबाट जहिलेदेखि निकालिएको कपालका रेशाहरुलाई आवश्यकता अनुसार खाली भएको भागमा रोपेर फेरी कपाल उमार्ने प्रक्रियालाई हेयर ट्रान्सप्लान्ट भनिन्छ ।

हेयर ट्रान्सप्लान्ट कसरी गरिन्छ ?
हेयर ट्रान्सप्लान्ट एक साधारण सर्जरी हो । पहिलो चरणमा हेयर ट्रान्सप्लान्ट गर्न इच्छुक व्यक्तिको टाउकोको कति भागमा हेयर ट्रान्सप्लान्ट गर्ने त्यसको मापन गरिन्छ भने दास्रो चरणमा आवश्यक अनुसन्धान तथा जाँच गरी डोनर भागको पहिचान गरिन्छ । त्यसपछि लोकल एनेस्थेसियाको प्रयोग गरी हेयर ट्रान्सप्लान्ट गरिन्छ ।

हेयर ट्रान्सप्लान्ट गर्न कति समय लाग्छ ?
यसमा यति नै समय भन्ने निर्धारित हुदैन । हेयर ट्रान्सप्लान्ट गर्ने व्यक्तिको थोरै भागमा कपाल प्रत्यारोपण गर्ने हो भने थोरै र धेरै भाग गर्ने हो भने धेरै समय पनि लाग्न सक्छ ।

हेयर ट्रान्सप्लान्टको साइड इफेक्टहरु छन् कि छैनन् ?
हेयर ट्रान्सप्लान्ट प्रत्यारोपण प्रक्रिया हो । यसमा कुनै पनि खालको साइड इफेक्ट भने हुदैन । एउटा भागको कपाल निकालेर अर्को भागमा राख्ने सामान्य सर्जरी भएकोले यसमा कुनै पनि खालको साइड इफेक्ट वा नकारात्मक प्रभाव हुदैन । तर कोही कोहीको छाला सेन्सेटिभ छ भने अलि बढी ख्याल भने राख्नुपर्ने हुन्छ ।

हेयर ट्रान्सप्लान्ट पश्चात के के कुरामा ध्यान दिनुपर्छ ?
हेयर ट्रान्सप्लान्ट गरिसकेपछि डा. को सल्लाह अनुसार कपालको विशेष स्याहार गर्नुपर्छ । हेयर ट्रान्सप्लान्ट गरेको केहि समयमा रोपेको सबै कपाल फेरिन्छ त्यो समयमा आत्तेर कस्मेटिक प्रोडक्ट अथवा औषधिको प्रयोग गर्नु भने हुदैन। स्वस्थ जिवनशैली र खानपान गर्नाले र नियमित भिटामिन डि, भिटामिन बी १२, जाँच गर्ने, स्ट्रेसलाई कम गर्ने जस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।

हेयर ट्रान्सप्लान्ट कत्तिको खर्चिलो छ ?
हेयर ट्रान्सप्लान्ट विदेशको तुलनामा नेपालमा निकै सस्तो छ । हेयर ट्रान्सप्लान्टको विभिन्न अस्पताल तथा पोलिक्लिनिकहरुमा आ आप्mनै सेवा सुविधा अनुसारको रेट भएतापनि अफोर्ड गर्न सकिने सर्जरीमा नै पर्छ । तर हाल काठमाण्डौँको जमल विश्वज्योती मलको पहिलो तल्लामा रहेको Nepal International Health Services ( NIHS) मा नयाँ वर्ष २०२५ को विषेश अफर सहित अनुभवी डाक्टरहरुबाट हेयर ट्रान्सप्लान्टको सेवा उपलब्ध छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको