पोखराको फेवातालमा ड्रागन बोट रेस (तस्वीरहरू)

पोखरा- पोखराको फेवातालमा आइतबारदेखि दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल सुरु भएको हो।

 

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै यसप्रकारका खेलले पोखराको पर्यटन प्रबर्द्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए।

दुई दिन चल्ने प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन्। जसमा नेपालका ११, चीन ८ र सिंगापुरका एक टिम छन्।२०० मिटर र ५०० मिटर दुरीमा हुने प्रतिस्पर्धामा विजेता समूहले समान ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। उपविजेताले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गर्नेछन्।

अन्य १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ। ड्रागन बोट रेसमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १२९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको गत ११ पुसमा चीनको छिन्चुबाट चार्टर उडानमार्फत पोखरा आएको थियो।

यो खेल चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो । परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रूपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखराको फेवातालमा गत असारमा पनि भएको थियो। एउटा टिममा १२ जना खेलाडी हुन्छन्।

 

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको