काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्नेछ।
वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो।