कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्।
कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन।
तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउने/जाने गरेकी थिइन्। यसअघि अस्पतालका केही स्वास्थ्यकर्मीसँगै उनको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो।
उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी भएको बताइएको छ। नर्समा संक्रमण देखिएपछि कपिलवस्तुको अवस्था थप जटिल बन्दै गएको छ।