काठमाडौं – गएराति नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
राति ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा पनि महसुस गरिएको छ ।