नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा विजेन्द्र सर्वसम्मत

काठमाडौं – नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
१९ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वतीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।

यस्तै राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा रञ्जितकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदिपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् । यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ ।

नव निर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता जनाउँदै सर्व सम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।

अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको