काठमाडौँ- भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।
भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।
दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।