‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ – व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७’ को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिएकी हुन् ।

बानेश्वरमा विभिन्न व्यवसायहरु गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधी समेत प्राप्त गरिन् । उनीले रेफ्रिजेरेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीकबाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरु प्राप्त गरिन् ।

यस्तै करुणा वि.क फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टिभि, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनीकको पनि उपाधी जित्न सफल भइन् । थर्ड रनरअप सिवानी मित्र र फोर्थ रनरअप उर्मीला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधी भने अन्जु क्षेत्रीले जित्न सफल भइन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवि साहले फेन्ड्ली उपाधी जितिन् । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्बिका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्यूटीफूल अवार्ड पाएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले बिबाहित महिलाहरुको सौन्दर्य साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरुको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरे । यस्तो कार्यक्रमहरुसँग महिलाहरुलाई घरको चुला चौकोबाट हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताइन् ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भूमिकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डां विनिता राज,
जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक इश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी साइकियाट्री डा. ऋचा अमात्य,व्यवसायी सुनिता अधिकारी, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहेका मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन्  ।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको