आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ।

उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय परम्परागत खेलकुद, सांस्कृतिक नृत्य तथा गीत प्रस्तुति, र लाटोकोसेरो संरक्षणसम्बन्धी नाटक मञ्चन प्रमुख आकर्षण रहनेछन्।

वनविज्ञान अध्ययन संस्थान, पोखराका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य तथा नाटक प्रस्तुत गर्नेछन्। साथै, लाटोकोसेरोको जीवनशैलीबारे विस्तृत जानकारी प्रदान गर्ने फोटो प्रदर्शनी, आठ प्रकारका लाटोकोसेरोको आवाज सुन्ने तथा भिडियो हेर्ने व्यवस्था पनि गरिएको छ।

कार्यक्रमको विशेष आकर्षण भनेको एक फिट अग्लो लाटोकोसेरोको रोबोट हो, जसले उपस्थित दर्शकहरूलाई रोमाञ्चित तुल्याउने अपेक्षा गरिएको छ।

नेपालमा सन् २०१२ देखि मनाउन थालिएको यो उत्सव यस वर्ष ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ र ‘प्रकृतिका साथीहरू’को संयुक्त आयोजनामा सम्पन्न भइरहेको छ। ‘प्रकृतिका साथीहरू’का कार्यकारी निर्देशक राजु आचार्यका अनुसार यो उत्सवले लाटोकोसेरो तथा हुचिल जस्ता चराहरूको अवैध शिकार र व्यापार नियन्त्रणका लागि जागरूकता बढाउनेछ।

यस उत्सवले वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायलाई अझ बढी जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको