नेपाल र चीनको युनान युवा टोलीबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा आज आयोजित खेलमा नेपाल उसु महासंघको संयोजनमा उसु खेलको प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो।
यस प्रदर्शनीले नेपाली र चिनियाँ खेलाडीहरूबीचको सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ पुग्ने नेपाल उसु महासंघका महासचिव नवराज ढुगांनाले बताए ।
मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर चिनीयाँ दूतावासले यो खेल सञ्चालन गरेको हो। खेल अगाडि विभिन्न उसु खेलाडीहरू लगायतले विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए। दूतावासले एन्फालाई टिम तयारीका लागि २३ लाख उपलब्ध गराएको थियो ।