काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् ।
१५ लाख ८७ हजार ७ सय ८० जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा हालसम्म १४ लाख १७ हजार ३ सय ५० जनामा संक्रमण भएको छ । त्यस्तै ८५ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ ।
त्यस्तै रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।