काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरिने भएको छ ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।