पत्रकार हत्याको विरोधमा सडकमा उत्रिए पत्रकार (तस्वीरहरू)

काठमाडौँ – शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

परिस्थितिमा आएको परिवर्तनका कारण महासंघले आफ्नो स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी शोक र विरोध प्रदर्शनमा उत्रिएको हो। शुक्रबार आन्दोलनको भिडियो खिचिरहेका बेला तीनकुनेस्थित एक घरमा आन्दोलनकारीहरूले आगजनी गरेपछि सञ्चारकर्मी सुरेश रजकको निधन भएको थियो।

यसअघि महासंघले स्थापना दिवसलाई पत्रकार हत्या, सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोकसभा तथा विरोधसभाको रूपमा मनाउने निर्णय गरेको थियो।

नेपाल पत्रकार महासंघले स्वतन्त्र प्रेसमाथिको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कारबाहीको माग गरेको छ। महासंघले पत्रकारहरूको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसमक्ष आग्रह समेत गरेको छ।

 

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको