टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

काठमाडौं –  नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाइएको छ । कार्यक्रममा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलालगायतका आकर्षक प्रस्तुतिहरू देखाइएका थिए।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाका जवानहरूले घोडसवारी तथा अन्य कौशलहरू प्रदर्शन गरेका थिए ।

घोडेजात्राको ऐतिहासिक पृष्ठभूमिजनविश्वासअनुसार, टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको रूखमा गुरुमापा नामक राक्षसको आत्मा वास गर्थ्यो। उक्त राक्षसले सहरका बालबालिकाहरूलाई खाने गरेको कथन रहेको छ। स्थानिय बासिन्दाहरूले विभिन्न उपाय अपनाएर गुरुमापाको संहार गरे पनि, उसको प्रेतात्मा पुनः जागृत भई अनिष्ट गर्न सक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा पर्व मनाइन्छ। घोडाको टापले कुल्चाएर गुरुमापाको आत्मालाई दबाउने परम्परा रहिआएको छ।

यसै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। साथै, सहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने विश्वासका साथ आज राति गुरुमापालाई त्यही रूखको फेदमा खानेकुरा चढाइने चलन रहेको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको