टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

काठमाडौं –  नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाइएको छ । कार्यक्रममा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलालगायतका आकर्षक प्रस्तुतिहरू देखाइएका थिए।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाका जवानहरूले घोडसवारी तथा अन्य कौशलहरू प्रदर्शन गरेका थिए ।

घोडेजात्राको ऐतिहासिक पृष्ठभूमिजनविश्वासअनुसार, टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको रूखमा गुरुमापा नामक राक्षसको आत्मा वास गर्थ्यो। उक्त राक्षसले सहरका बालबालिकाहरूलाई खाने गरेको कथन रहेको छ। स्थानिय बासिन्दाहरूले विभिन्न उपाय अपनाएर गुरुमापाको संहार गरे पनि, उसको प्रेतात्मा पुनः जागृत भई अनिष्ट गर्न सक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा पर्व मनाइन्छ। घोडाको टापले कुल्चाएर गुरुमापाको आत्मालाई दबाउने परम्परा रहिआएको छ।

यसै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। साथै, सहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने विश्वासका साथ आज राति गुरुमापालाई त्यही रूखको फेदमा खानेकुरा चढाइने चलन रहेको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको