प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरिएको छ।

प्रधानमन्त्री ओलीले अप्रिल २ मा थाइल्याण्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न विषयमा समझदारी गर्ने कार्यक्रम छ। उनले अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन्।

बिमस्टेक शिखर सम्मेलनको क्रममा अप्रिल २ मा सदस्य राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्नेछ भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक हुनेछ। यसपटकको शिखर सम्मेलनमा थाइल्याण्डले ‘बिमस्टेक बैंकक भिजन २०३०’ प्रस्तुत गरेको छ, जसको उद्देश्य २०३० सम्म समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रो-बिमस्टेक) निर्माण गर्नु हो।

थाइल्याण्ड सरकारका अनुसार यो भिजनले शान्ति, स्थिरता, आर्थिक वृद्धि, र दिगोपनलाई प्रवर्द्धन गर्दै बंगालको खाडी क्षेत्रीय सहकार्यको लागि स्पष्ट दिशा र प्राथमिकता तय गर्नेछ। छैटौं बिमस्टेक शिखर सम्मेलनले व्यापार, लगानी, र दिगो विकासलाई प्रवर्द्धन गर्दै गरिबी निवारणलाई तीव्र पार्ने लक्ष्य राखेको छ। साथै, कृषि, पशुपालन, मत्स्यपालन, स्वास्थ्य संकटको तयारी, र दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

समिटले साझा सुरक्षा र विकास चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। बिमस्टेकको महत्त्वपूर्ण भूमिकालाई सशक्त बनाउन यस सम्मेलनले नयाँ गति दिने अपेक्षा गरिएको छ।

   

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको