बटरफ्लाई म्याराथन (तस्वीरहरू)

काठमाडौं — नेपालभर यतिबेला ‘बटरफ्लाई म्याराथन २०२५’  चलिरहेको छ । प्रारम्भमा कार्यक्रम मार्च ३१ सम्म सीमित गर्ने योजना भए तापनि, सहभागीहरूको चासो र मागलाई मध्यनजर गर्दै कार्यक्रमलाई अप्रिल महिनाको अन्त्यसम्म विस्तार गरिएको आयोजकले जानकारी दिएको छ ।

पुतली संरक्षण र जैविक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले सहभागीहरूलाई देशभरि पाइने विभिन्न पुतली प्रजातिहरूको फोटो खिच्न, अभिलेख राख्न, र वैज्ञानिक तथ्यांक संकलन गर्न प्रेरित गर्छ।

उक्त अभियान ‘बिग बटरफ्लाई काउन्ट नेपाल’ अन्तर्गत सञ्चालित नागरिक विज्ञान कार्यक्रम हो, जसले पुतलीको जैविक विविधता, तिनीहरूको संरक्षण, पहिचान, र खतरामा परेका प्रजातिहरूप्रति जनचेतना फैलाउने लक्ष्य लिएको छ।

कार्यक्रमको आयोजनामा बटरफ्लाई वाचर्स नेपाल, भक्तपुर जेसीज, र ह्यापी केक्स एन्ड बेकरी को सहकार्य रहेको छ, जसले वातावरणीय चेतना फैलाउने उद्देश्यले विभिन्न क्षेत्रलाई एकै ठाउँमा जोडेको छ।

नेपालमा हालसम्म करिब ६५० भन्दा बढी प्रजातिका पुतली (बटरफ्लाई) पाइएको छ। यी पुतलीहरू नेपालका विभिन्न भू-भागहरूमा—तराई, पहाड, हिमाली क्षेत्र हुँदै उच्च हिमालसम्म—फैलिएर रहेका छन्। नेपालको भौगोलिक विविधता, जलवायुको फरकपन, र जैविक वातावरणले पुतलीहरूको लागि उत्कृष्ट बासस्थान प्रदान गरेको छ।

तस्वीरहरू: सुशील श्रेष्ठ/अन्नपूर्ण टाइम्स 

   

 

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको