राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मंगलबार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रिय कार्यसमितिको टोलीले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउदै भने, “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस कारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ।”

सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा लगायतका सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरे। उनले भने, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनु भएको महासचिव घनश्याम श्रेष्ठले बताए। एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२५ को प्रमुख अतिथिको रुपमा सहभागी भई दिन राष्ट्रपति समक्ष निमन्त्रणा पत्र पनि प्रदान गरेको छ ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरूको पनि उपस्थिति थियो।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको