त्रिदेशीय सहकार्यमा दक्षिण एशियाकै साझा नमूना बन्दै कर्णाली–चिसापानी आयोजना

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत, चीन र बंगलादेशको सहकार्यमा दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

राजधानीमा आयोजित साञ्जेनखोला जलविद्युत आयोजना (७८ मेगावाट) को उद्घाटन कार्यक्रममा मन्त्री खड्काले कर्णाली–चिसापानी आयोजनाको प्रारम्भिक उत्पादन क्षमता १० हजार ८ सय मेगावाट भनिए पनि प्राविधिक परिमार्जनपछि झण्डै १५ हजार मेगावाटभन्दा माथि पुग्ने बताउनुभयो।

उहाँले छिमेकी राष्ट्रहरूसँगको सहकार्यका माध्यमबाट यो आयोजना दक्षिण एशियाली ऊर्जा क्रान्तिको नयाँ अध्याय बन्नेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “यदि नेपाल, भारत, चीन र बंगलादेश मिलेर यो आयोजना अघि बढाउन सकेमा, यो क्षेत्रीय सहकार्यको उत्कृष्ट मोडल बन्न सक्छ।”

मन्त्री खड्काले हालै नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न थालेको उदाहरण दिँदै यस्ता ठूला आयोजनाहरूले छिमेकी मित्र राष्ट्रहरूसँगको आर्थिक र जनस्तरीय सम्बन्ध सुदृढ पार्ने उल्लेख गर्नुभयो।

साथै, जलवायु परिवर्तन र कार्बन न्यूनिकरणतर्फ लक्षित वर्तमान अन्तर्राष्ट्रिय प्रयासहरूसँग समन्वय गर्दै उहाँले कर्णाली–चिसापानी आयोजना शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न ठोस योगदानकर्ता बन्ने विश्वास व्यक्त गर्नुभयो। “नेपाल सरकारले सन् २०४५ सम्म कार्बन शून्य लक्ष्य लिएको छ, यस्तो आयोजनाले त्यो लक्ष्य पुरा गर्न मद्दत पुर्‍याउँछ,” उहाँले भन्नुभयो।

यस आयोजनालाई मन्त्री खड्काले दक्षिण एशियाका लागि ऊर्जा सुरक्षाको ऐतिहासिक र रणनीतिक उपलब्धिको रूपमा चित्रण गर्दै भन्नुभयो, “यसले न केवल ऊर्जा रूपान्तरणमा टेवा पुर्‍याउँछ, तर दक्षिण एशियाली राष्ट्रहरूबीचको ‘जियोपोलिटिकल’ सन्तुलन कायम गर्ने अवसर पनि प्रदान गर्छ।”

उनले आयोजनालाई नेपालको मात्र होइन, समग्र दक्षिण एशियाली क्षेत्रको ऊर्जा सुरक्षाको आधारशिलाको रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सबै सरोकारवालाबीच साझा प्रतिबद्धता र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको