त्रिदेशीय सहकार्यमा दक्षिण एशियाकै साझा नमूना बन्दै कर्णाली–चिसापानी आयोजना

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत, चीन र बंगलादेशको सहकार्यमा दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

राजधानीमा आयोजित साञ्जेनखोला जलविद्युत आयोजना (७८ मेगावाट) को उद्घाटन कार्यक्रममा मन्त्री खड्काले कर्णाली–चिसापानी आयोजनाको प्रारम्भिक उत्पादन क्षमता १० हजार ८ सय मेगावाट भनिए पनि प्राविधिक परिमार्जनपछि झण्डै १५ हजार मेगावाटभन्दा माथि पुग्ने बताउनुभयो।

उहाँले छिमेकी राष्ट्रहरूसँगको सहकार्यका माध्यमबाट यो आयोजना दक्षिण एशियाली ऊर्जा क्रान्तिको नयाँ अध्याय बन्नेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “यदि नेपाल, भारत, चीन र बंगलादेश मिलेर यो आयोजना अघि बढाउन सकेमा, यो क्षेत्रीय सहकार्यको उत्कृष्ट मोडल बन्न सक्छ।”

मन्त्री खड्काले हालै नेपालले बंगलादेशमा विद्युत निर्यात गर्न थालेको उदाहरण दिँदै यस्ता ठूला आयोजनाहरूले छिमेकी मित्र राष्ट्रहरूसँगको आर्थिक र जनस्तरीय सम्बन्ध सुदृढ पार्ने उल्लेख गर्नुभयो।

साथै, जलवायु परिवर्तन र कार्बन न्यूनिकरणतर्फ लक्षित वर्तमान अन्तर्राष्ट्रिय प्रयासहरूसँग समन्वय गर्दै उहाँले कर्णाली–चिसापानी आयोजना शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न ठोस योगदानकर्ता बन्ने विश्वास व्यक्त गर्नुभयो। “नेपाल सरकारले सन् २०४५ सम्म कार्बन शून्य लक्ष्य लिएको छ, यस्तो आयोजनाले त्यो लक्ष्य पुरा गर्न मद्दत पुर्‍याउँछ,” उहाँले भन्नुभयो।

यस आयोजनालाई मन्त्री खड्काले दक्षिण एशियाका लागि ऊर्जा सुरक्षाको ऐतिहासिक र रणनीतिक उपलब्धिको रूपमा चित्रण गर्दै भन्नुभयो, “यसले न केवल ऊर्जा रूपान्तरणमा टेवा पुर्‍याउँछ, तर दक्षिण एशियाली राष्ट्रहरूबीचको ‘जियोपोलिटिकल’ सन्तुलन कायम गर्ने अवसर पनि प्रदान गर्छ।”

उनले आयोजनालाई नेपालको मात्र होइन, समग्र दक्षिण एशियाली क्षेत्रको ऊर्जा सुरक्षाको आधारशिलाको रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सबै सरोकारवालाबीच साझा प्रतिबद्धता र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको