तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन तथा साहसिक ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत रूपमा मनाइएको छ।

यस वर्ष पनि बोडे निवासी सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। उनी बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। सुजनले गत वर्ष पनि जिब्रो छेडेका थिए, जसले उनीलाई यो परम्पराको आधुनिक अनुयायीको रूपमा चिनाएको छ।

जिब्रो छेड्ने परम्परा कतिबेला सुरु भयो भन्ने लिखित प्रमाण नभए पनि, यो प्राचीन कालदेखि चल्दै आएको परम्परा हो भन्ने विश्वास गरिन्छ। भक्तपुरको बोडे क्षेत्रका बासिन्दाहरूले यो परम्परालाई श्रद्धा र आस्थाका साथ जगेर्ना गर्दै आएका छन्।

जिब्रो छेड्ने व्यक्तिले जात्राको तीन दिन अघिदेखि पूर्ण व्रत बस्ने परम्परा छ — जसमा केही नखाई, मनन, ध्यान र शुद्धताको अभ्यास गरिन्छ। जनविश्वास अनुसार यो व्रत नबसिएमा सुइरो छेड्दा अत्यधिक पीडा, रक्तश्राव वा अन्य बाधा आउने आशंका गरिन्छ।

भक्तपुरको मध्यपुर ठिमी–२ मा रहेको गणेश मन्दिर अगाडिको पाटीमा विशेष विधिबाट एक फिट लामो फलामको सुइरो नकर्मी नाइकेद्वारा जिब्रोमा छेडिन्छ। सुइरो छेडिएपछि, ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडेको महालक्ष्मी मन्दिर लगायत विभिन्न शक्तिपीठको परिक्रमा गर्दछन्। सम्पूर्ण परिक्रमा र पूजाआजापछि मात्र सावधानीपूर्वक सुइरो निकालिन्छ, र जात्राको यो चरण सम्पन्न हुन्छ।

 

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको