तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन तथा साहसिक ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत रूपमा मनाइएको छ।

यस वर्ष पनि बोडे निवासी सुजन बाग श्रेष्ठले आफ्नो जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। उनी बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। सुजनले गत वर्ष पनि जिब्रो छेडेका थिए, जसले उनीलाई यो परम्पराको आधुनिक अनुयायीको रूपमा चिनाएको छ।

जिब्रो छेड्ने परम्परा कतिबेला सुरु भयो भन्ने लिखित प्रमाण नभए पनि, यो प्राचीन कालदेखि चल्दै आएको परम्परा हो भन्ने विश्वास गरिन्छ। भक्तपुरको बोडे क्षेत्रका बासिन्दाहरूले यो परम्परालाई श्रद्धा र आस्थाका साथ जगेर्ना गर्दै आएका छन्।

जिब्रो छेड्ने व्यक्तिले जात्राको तीन दिन अघिदेखि पूर्ण व्रत बस्ने परम्परा छ — जसमा केही नखाई, मनन, ध्यान र शुद्धताको अभ्यास गरिन्छ। जनविश्वास अनुसार यो व्रत नबसिएमा सुइरो छेड्दा अत्यधिक पीडा, रक्तश्राव वा अन्य बाधा आउने आशंका गरिन्छ।

भक्तपुरको मध्यपुर ठिमी–२ मा रहेको गणेश मन्दिर अगाडिको पाटीमा विशेष विधिबाट एक फिट लामो फलामको सुइरो नकर्मी नाइकेद्वारा जिब्रोमा छेडिन्छ। सुइरो छेडिएपछि, ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडेको महालक्ष्मी मन्दिर लगायत विभिन्न शक्तिपीठको परिक्रमा गर्दछन्। सम्पूर्ण परिक्रमा र पूजाआजापछि मात्र सावधानीपूर्वक सुइरो निकालिन्छ, र जात्राको यो चरण सम्पन्न हुन्छ।

 

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको