‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी ४५ जना प्रतियोगीले काठमाडौंको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजना गरिएको कार्यक्रममा विभिन्न नृत्य, गायन, कविता र वक्तृत्व मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

जुनियर समूहतर्फ अग्रता पाण्डे, लियोना गुरुङ, माइरा सिंह केसी, उपास्ना थपलिया, आस्मी शर्मा, आभ्या भण्डारी, काव्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव, तनिस्का पौडेल, अमानी पाण्डे, कृश्टी कटुवाल, प्रासिया पंगेनी र आरोसी वामले नेपाली गीतमा नृत्य प्रस्तुत गरे भने जयन्ती राईले अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरिन्।

त्यस्तै, सोमिया श्रेष्ठ, युश्री डंगोल, ओलीया श्रेष्ठ, खुशी राई बस्नेत, आध्या सिफलिया, एमिया गुरुङ, विदुषी अर्याल र आकांक्षा भण्डारीले गायनमार्फत आफ्नो प्रतिभा देखाए। सरिष्ठा नगरकोटी, सुभांगी शाह र संस्कृतिराईले विभिन्न विषयमा धारणा राखेका थिए भने आर्या महर्जनले ‘बुबाको विषयमा’ कविता प्रस्तुत गरिन्।

सिनियर समूहतर्फ तरिका खनाल, श्रेया उप्रेती, शिखा सुनुवार, प्रर्णश्री सिंह, इभा महर्जन, सिवानी स्याङ्तान, सिभान्सी गिरी, आकांक्षा भट्टराई, परी गुरागाईं, छिरिङ डोल्मा गुरुङ, आर्या गुरुङ, र्यास्ना राई, अनिसा सुवेदी, छेम्बी राई र अनुश्री बुढाथोकीले नृत्य प्रस्तुत गरे।

मान्यता केसीले आफ्नो विद्यालयबारे बोलेकी थिइन् भने प्रकृति दानीले देशबारे धारणा राखेकी थिइन्। सुहाना मगरले अंग्रेजी गीतमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्य लक्ष्मी खड्गी, मोडल तथा जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल विजेता तथा ब्युटिसियन लसता शाक्य र एसईई प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए।

आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी बैशाख ८ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुने जानकारी दिनु भयो ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको