‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी ४५ जना प्रतियोगीले काठमाडौंको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजना गरिएको कार्यक्रममा विभिन्न नृत्य, गायन, कविता र वक्तृत्व मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

जुनियर समूहतर्फ अग्रता पाण्डे, लियोना गुरुङ, माइरा सिंह केसी, उपास्ना थपलिया, आस्मी शर्मा, आभ्या भण्डारी, काव्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव, तनिस्का पौडेल, अमानी पाण्डे, कृश्टी कटुवाल, प्रासिया पंगेनी र आरोसी वामले नेपाली गीतमा नृत्य प्रस्तुत गरे भने जयन्ती राईले अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरिन्।

त्यस्तै, सोमिया श्रेष्ठ, युश्री डंगोल, ओलीया श्रेष्ठ, खुशी राई बस्नेत, आध्या सिफलिया, एमिया गुरुङ, विदुषी अर्याल र आकांक्षा भण्डारीले गायनमार्फत आफ्नो प्रतिभा देखाए। सरिष्ठा नगरकोटी, सुभांगी शाह र संस्कृतिराईले विभिन्न विषयमा धारणा राखेका थिए भने आर्या महर्जनले ‘बुबाको विषयमा’ कविता प्रस्तुत गरिन्।

सिनियर समूहतर्फ तरिका खनाल, श्रेया उप्रेती, शिखा सुनुवार, प्रर्णश्री सिंह, इभा महर्जन, सिवानी स्याङ्तान, सिभान्सी गिरी, आकांक्षा भट्टराई, परी गुरागाईं, छिरिङ डोल्मा गुरुङ, आर्या गुरुङ, र्यास्ना राई, अनिसा सुवेदी, छेम्बी राई र अनुश्री बुढाथोकीले नृत्य प्रस्तुत गरे।

मान्यता केसीले आफ्नो विद्यालयबारे बोलेकी थिइन् भने प्रकृति दानीले देशबारे धारणा राखेकी थिइन्। सुहाना मगरले अंग्रेजी गीतमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्य लक्ष्मी खड्गी, मोडल तथा जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल विजेता तथा ब्युटिसियन लसता शाक्य र एसईई प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए।

आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी बैशाख ८ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुने जानकारी दिनु भयो ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको