ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न त केवल घुमघामका लागि; यो आत्माको शान्तिका लागि पनि उत्तिकै सन्देश बोकेको स्थान हो।

ग्याङटोक पुगेदेखि नै यहाँको स्वच्छ वातावरण, हरियाली, र शान्तताले मन मोहियो। विशेष गरी नेपाली भाषी सिक्किमेलीहरूको आत्मीयता र न्यानोपनले त चिसो मौसम पनि स्नेहले तताएको अनुभूति दिलायो। नेपाली भाषा, भेषभूषा र संस्कृतिको सम्मान यस सहरमा प्रकट हुन्छ, जसले नेपालसँगको भावनात्मक सम्बन्धलाई झन गाढा बनाइदिन्छ।

टिस्टा नदी र पुर्खाको सम्झना

टिस्टा नदी किनार उभिँदा मन एकाएक विगतमा हरायो। पुर्खाहरूले इतिहासमा छोडेका विरताको गाथा यो नदीसँगै बगिरहेको अनुभूति भयो। सिक्किम केवल एक गन्तव्य होइन, यो त एक भावनात्मक यात्राको हिस्सा हो – जहाँ हाम्रो सांस्कृतिक र ऐतिहासिक सम्पर्क जीवन्त देखिन्छ।

धार्मिक शान्तिको केन्द्र: डु ड्रुल चोर्टेन

ग्याङटोकको केन्द्रमा रहेको डु ड्रुल चोर्टेन गुम्बा मेरो यात्राको आध्यात्मिक शिखर बन्यो। सन् १९४५ मा त्रुलसिक रिन्पोछेले निर्माण गरेको यो गुम्बा तिब्बती बौद्ध धर्मका अनुयायीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण रहेछ। प्रार्थना चक्र घुमाउँदै गरेका मानिसहरू, मन्त्रपाठको ध्वनि र गुम्बाको मौनता – यी सबैले गहिरो आत्मिक शान्तिको अनुभूति गरायो।

सांस्कृतिक बजार एम जी मार्ग

ग्याङटोकको मुटुका रूपमा चिनिने एम जी मार्गमा चहलपहलसँगै सांस्कृतिक समृद्धि पनि भेटिए। यातायात निषेधित यस क्षेत्रमा सन्दर्भहीन शान्ति, फूलले सजिएको वातावरण, र स्थानिय हस्तकलाका सामग्रीहरूले मन लोभ्यायो। विशेष गरी साँझपखको समय यहाँको रौनक अवर्णनीय लाग्यो।

प्राकृतिक सौन्दर्य र साहसिकता: बनझाक्री झरना

ग्याङटोक बजारबाट केही किलोमिटर टाढा रहेको बनझाक्री वाटरफल्स अर्को मोहक गन्तव्य रह्यो। यहाँको हरियाली, झरनाको कलकल आवाज, बनझाक्रीको मूर्ति र साहसिक खेलहरूको अवसरले यो स्थानलाई पारिवारिक र साहसिक दुवै दृष्टिकोणबाट उपयुक्त बनाएको छ।

ग्याङटोक भ्यूपोइन्ट: गणेश टोक र हनुमान टोक

गणेश टोक र हनुमान टोकबाट देखिएको ग्याङटोकको (टाेक भन्नाले मन्दीर) दृश्यवलीले प्राकृतिक सौन्दर्यको परिभाषा झन् स्पष्ट बनायो। यी स्थलहरूबाट टाढासम्म देखिने हिमाल, हरियाली र शहरको सौन्दर्यले यात्राको अन्तिम क्षणलाई अझ स्मरणीय बनायो।

यात्राको समापन

समयले साथ दिएन। बिहान सात बजेदेखि सुरु भएको मेरो यात्रा मध्यान्हसम्ममा समेट्नुपर्‍यो। तर, छोटो समयमा पनि ग्याङटोकले दिएको स्मृति, आत्मीयता र सौन्दर्यले मेरो हृदयमा गहिरो छाप छोडेको छ।

म नेपाल फर्किंदा, मन भने अझै पनि ग्याङटोकका गल्लीहरू, पर्वतहरू र ती आत्मीय मुहारहरूमा अल्झिएको थियो। साँच्चै, सिक्किमको ग्याङटोक केवल भूगोलको सीमाभित्रको सहर होइन, यो त हाम्रो सांस्कृतिक इतिहास, आत्मीयता र नेपालीपनको जिवन्त तस्वीर हो।

अन्त्यमा यदि तपाईं प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आत्मीयतासँगैको यात्रा खोजिरहनु भएको छ भने, ग्याङटोकको एकपटक अवश्य भ्रमण गर्नुहोस् – तपाईं पनि यो यात्रा जीवनभर सम्झिरहनु हुनेछ।

 

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

1 COMMENT

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको