ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न त केवल घुमघामका लागि; यो आत्माको शान्तिका लागि पनि उत्तिकै सन्देश बोकेको स्थान हो।

ग्याङटोक पुगेदेखि नै यहाँको स्वच्छ वातावरण, हरियाली, र शान्तताले मन मोहियो। विशेष गरी नेपाली भाषी सिक्किमेलीहरूको आत्मीयता र न्यानोपनले त चिसो मौसम पनि स्नेहले तताएको अनुभूति दिलायो। नेपाली भाषा, भेषभूषा र संस्कृतिको सम्मान यस सहरमा प्रकट हुन्छ, जसले नेपालसँगको भावनात्मक सम्बन्धलाई झन गाढा बनाइदिन्छ।

टिस्टा नदी र पुर्खाको सम्झना

टिस्टा नदी किनार उभिँदा मन एकाएक विगतमा हरायो। पुर्खाहरूले इतिहासमा छोडेका विरताको गाथा यो नदीसँगै बगिरहेको अनुभूति भयो। सिक्किम केवल एक गन्तव्य होइन, यो त एक भावनात्मक यात्राको हिस्सा हो – जहाँ हाम्रो सांस्कृतिक र ऐतिहासिक सम्पर्क जीवन्त देखिन्छ।

धार्मिक शान्तिको केन्द्र: डु ड्रुल चोर्टेन

ग्याङटोकको केन्द्रमा रहेको डु ड्रुल चोर्टेन गुम्बा मेरो यात्राको आध्यात्मिक शिखर बन्यो। सन् १९४५ मा त्रुलसिक रिन्पोछेले निर्माण गरेको यो गुम्बा तिब्बती बौद्ध धर्मका अनुयायीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण रहेछ। प्रार्थना चक्र घुमाउँदै गरेका मानिसहरू, मन्त्रपाठको ध्वनि र गुम्बाको मौनता – यी सबैले गहिरो आत्मिक शान्तिको अनुभूति गरायो।

सांस्कृतिक बजार एम जी मार्ग

ग्याङटोकको मुटुका रूपमा चिनिने एम जी मार्गमा चहलपहलसँगै सांस्कृतिक समृद्धि पनि भेटिए। यातायात निषेधित यस क्षेत्रमा सन्दर्भहीन शान्ति, फूलले सजिएको वातावरण, र स्थानिय हस्तकलाका सामग्रीहरूले मन लोभ्यायो। विशेष गरी साँझपखको समय यहाँको रौनक अवर्णनीय लाग्यो।

प्राकृतिक सौन्दर्य र साहसिकता: बनझाक्री झरना

ग्याङटोक बजारबाट केही किलोमिटर टाढा रहेको बनझाक्री वाटरफल्स अर्को मोहक गन्तव्य रह्यो। यहाँको हरियाली, झरनाको कलकल आवाज, बनझाक्रीको मूर्ति र साहसिक खेलहरूको अवसरले यो स्थानलाई पारिवारिक र साहसिक दुवै दृष्टिकोणबाट उपयुक्त बनाएको छ।

ग्याङटोक भ्यूपोइन्ट: गणेश टोक र हनुमान टोक

गणेश टोक र हनुमान टोकबाट देखिएको ग्याङटोकको (टाेक भन्नाले मन्दीर) दृश्यवलीले प्राकृतिक सौन्दर्यको परिभाषा झन् स्पष्ट बनायो। यी स्थलहरूबाट टाढासम्म देखिने हिमाल, हरियाली र शहरको सौन्दर्यले यात्राको अन्तिम क्षणलाई अझ स्मरणीय बनायो।

यात्राको समापन

समयले साथ दिएन। बिहान सात बजेदेखि सुरु भएको मेरो यात्रा मध्यान्हसम्ममा समेट्नुपर्‍यो। तर, छोटो समयमा पनि ग्याङटोकले दिएको स्मृति, आत्मीयता र सौन्दर्यले मेरो हृदयमा गहिरो छाप छोडेको छ।

म नेपाल फर्किंदा, मन भने अझै पनि ग्याङटोकका गल्लीहरू, पर्वतहरू र ती आत्मीय मुहारहरूमा अल्झिएको थियो। साँच्चै, सिक्किमको ग्याङटोक केवल भूगोलको सीमाभित्रको सहर होइन, यो त हाम्रो सांस्कृतिक इतिहास, आत्मीयता र नेपालीपनको जिवन्त तस्वीर हो।

अन्त्यमा यदि तपाईं प्राकृतिक सौन्दर्य, सांस्कृतिक गहिराइ र आत्मीयतासँगैको यात्रा खोजिरहनु भएको छ भने, ग्याङटोकको एकपटक अवश्य भ्रमण गर्नुहोस् – तपाईं पनि यो यात्रा जीवनभर सम्झिरहनु हुनेछ।

 

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

1 COMMENT

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको