१२ औं म्युजिक खबर म्युजिक अवार्डः गीतकार यादव खरेलदेखि फोटो पत्रकार प्रदीपराजसम्म सम्मानित हुँदै 

काठमाडौं – म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

तिलगंगा स्थित बेस्ट वेर्स्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । सयौं गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले बनै खायो, यस्तो पनि हुँदो रैछ, नौसय खोला तरेर जाने, उडुँ कि गुडुँ म लगायतका गीतहरु कालजयी छन् । उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्त लगायतको निर्माण तथा निर्देशन गर्नुभएको छ भने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।

यस वर्षको म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ भने यस्तै यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ । भेलाले यो वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । गायिका लामाले लोक गायन तथा आधुनिक संगीतमा सयौं गीतमा स्वर तथा संगीत भरिसक्नुभएको छ ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । उहाँहरु दुबै जनालाई नगद राशि ५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिनेछ ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ । भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । लामोसमयदेखि गीतिलेखनमा सक्रिय रहेका गीतकार अधिकारी न्यूजिल्याण्डमा कार्यरत रहनुभएको छ ।

यसैगरि म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । नेपालमा उहाँले फोटो पत्रकारिताको क्षेत्रमा अतुलनिय योगदान दिंदै आउनु भएको छ । राष्ट्रिय समाचार समितिका मा समेत आवद्ध रहनु भएका उहाँले खिचेका फोटोहरु नेपालका राष्ट्रिय छापा तथा अनलाईन मिडियामा प्रकाशित भएका छन् । निरन्तर फोटो पत्रकारिता रमाइरहनु भएका उहाँ हाल फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्ष समेत रहनु भएको छ । फोटो पत्रकारहरुको नेतृत्वाम रहँदा होस् वा बाहिर व्यवसायिक फोटो पत्रकारका लागि असंख्य अवसरहरु सिर्जना गर्ने कामको कदर गर्दै १२औं म्यूजिक खबर म्यूजिक अवार्ड समारोहमा उहाँलाई म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ अर्पण गरिनेछ ।

यस वर्ष संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो । पशुपति हारमोनियम बिक्री तथा मर्मत केन्द्र संचालन गर्दै आएका विमल शाहले नेपालमै हारमोनियमको उत्पादन तथा मर्मत गर्दै आएका छन् ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुनुहुन्छ । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल हुनुहुन्छ । भेलामा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष –मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष – दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रवद्र्धक तथा वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, बरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार लोकराज अधिकारी, गायिका सिता केसी, मोडल कविता बानियाँ, कार्यक्रम प्रस्तोता एवं पत्रकार निराजन भण्डारी, गायक तथा संगीतकार सरोज कोइराला, गायिका लक्ष्मी पुरी प्रधान, संगीतकर्मी बादल थकाली, युवा व्यवसायी गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको