१२ औं म्युजिक खबर म्युजिक अवार्डः गीतकार यादव खरेलदेखि फोटो पत्रकार प्रदीपराजसम्म सम्मानित हुँदै 

काठमाडौं – म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

तिलगंगा स्थित बेस्ट वेर्स्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । सयौं गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले बनै खायो, यस्तो पनि हुँदो रैछ, नौसय खोला तरेर जाने, उडुँ कि गुडुँ म लगायतका गीतहरु कालजयी छन् । उहाँले चलचित्र नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासो, लोभीपापी, आदिकवि भानुभक्त लगायतको निर्माण तथा निर्देशन गर्नुभएको छ भने चलचित्र विकास बोर्डको पहिलो अध्यक्षसमेत हुनुहुन्छ । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।

यस वर्षको म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ भने यस्तै यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ । भेलाले यो वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । गायिका लामाले लोक गायन तथा आधुनिक संगीतमा सयौं गीतमा स्वर तथा संगीत भरिसक्नुभएको छ ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । उहाँहरु दुबै जनालाई नगद राशि ५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिनेछ ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ । भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । लामोसमयदेखि गीतिलेखनमा सक्रिय रहेका गीतकार अधिकारी न्यूजिल्याण्डमा कार्यरत रहनुभएको छ ।

यसैगरि म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । नेपालमा उहाँले फोटो पत्रकारिताको क्षेत्रमा अतुलनिय योगदान दिंदै आउनु भएको छ । राष्ट्रिय समाचार समितिका मा समेत आवद्ध रहनु भएका उहाँले खिचेका फोटोहरु नेपालका राष्ट्रिय छापा तथा अनलाईन मिडियामा प्रकाशित भएका छन् । निरन्तर फोटो पत्रकारिता रमाइरहनु भएका उहाँ हाल फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्ष समेत रहनु भएको छ । फोटो पत्रकारहरुको नेतृत्वाम रहँदा होस् वा बाहिर व्यवसायिक फोटो पत्रकारका लागि असंख्य अवसरहरु सिर्जना गर्ने कामको कदर गर्दै १२औं म्यूजिक खबर म्यूजिक अवार्ड समारोहमा उहाँलाई म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ अर्पण गरिनेछ ।

यस वर्ष संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो । पशुपति हारमोनियम बिक्री तथा मर्मत केन्द्र संचालन गर्दै आएका विमल शाहले नेपालमै हारमोनियमको उत्पादन तथा मर्मत गर्दै आएका छन् ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुनुहुन्छ । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल हुनुहुन्छ । भेलामा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष –मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष – दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रवद्र्धक तथा वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, बरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार लोकराज अधिकारी, गायिका सिता केसी, मोडल कविता बानियाँ, कार्यक्रम प्रस्तोता एवं पत्रकार निराजन भण्डारी, गायक तथा संगीतकार सरोज कोइराला, गायिका लक्ष्मी पुरी प्रधान, संगीतकर्मी बादल थकाली, युवा व्यवसायी गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको