आज देशभरजसो पानी पर्ने, यी जिल्लामा वर्षा जारी सतर्कता अपनाउन चेतावनी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार, जेठ २१) दिउँसो र राति कहाँ-कहाँ वर्षा तथा हिमपात हुन्छ भन्ने प्रक्षेपण गरेको छ।

बिहान ६ बजे जारी गरिएको बुलेटिनअनुसार,

आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

रौतहटसहित यी जिल्लामा वर्षा जारी, सतर्कता अपनाउन चेतावनी

आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

हाल नेपालमा मनसुनीसहित तीन किसिमका वायुको प्रभाव परिरहेको छ। मौसम महाशाखाका अनुसार पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

सिफारिस

विष्णुमति करिडोरमा होटल व्यवसायी संघद्वारा वृक्षरोपण

काठमाडौं - होटल व्यवसायी संघको अगुवाईमा काठमाडौँको विष्णुमति करिडोरमा वृक्षरोपण गरिएको छ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नेतृत्वमा  नेपाल-ग्रिस मैत्री तथा सांस्कृतिक संघ, नेपाल...

पूर्वप्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं– भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान...

पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वप्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं– भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम्...

पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत...

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका...

भारतमा कोरोना संक्रमण तीव्र गतिमा, पछिल्लो ५ दिनमा मात्रै ३७ जनाको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय...

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ

रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्।...

नेपालद्वारा नेदरल्याण्ड्स ५ विकेटले पराजित

आइसिसी विश्वकप लिग टु अन्तर्गत आरिफ शेखको अर्धशतकको सहयोगमा...

धेरै पढिएको