रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ

रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्। प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ घर भई काठमाडौंको सिफलचौर बस्ने उनलाई धनुषा पठाएको छ। रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।

पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। दुबै जना भने फरार छन्। उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो।

उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभ सम्बन्धी कसुरमा जाहेरी परेको थियो। मधेस प्रदेश सरकारले दिगहवा लोखरम रोड निर्माणको लागि रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा काम गर्ने सम्झौता गरेको थियो।

संयुक्त रूपमा काम गरे पनि एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख रुपैयाँ र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेण्टी राखेका थिए।

त्यस्तै एक करोड ३४ लाखको दुई वटा र एक करोड ३३ दाखको दुई वटा एडभान्स पेमेन्ट बैंक ग्यारेन्टी राखिएको थियो। ठेक्काको काम सञ्चालन भइरहेको बेलामा रमण कन्स्ट्रक्सनले आफूलाई फाइदा हुने मनसायले बैंक ग्यारेन्टी रकम तान्न लगाएको भन्दै यादवले उजुरी दिएका हुन्।

ग्यारेन्टी रकम कुनै कारणले तान्नु परेको भन्दै काठमाडौंको चाबहिलस्थित बैंकको शाखाबाट रमण महतोको हस्ताक्षरबाट उक्त रकम झिकिएको थियो। त्यसबारे एस एण्ड बी प्रालिलाई जानकारी नै नदिइएको आरोप छ।

यसरी ठगीको आरोपमा फरार रहेका पवनलाई काठमाडौंको प्रहरीले पक्राउ गरेको हो।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको