सुनुवार भाषामा नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने सुनुवार भाषामा नयाँ गीत सार्वजनिक भएको छ। सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो।

गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारले स्वर रहेको छ। उक्त गीतमा सुजन सुनुवार, कल्पना सुनुवारलगायत अन्य कलाकारहरूको अभिनय गरेका छन्।

भिडियोले सुनुवार जातिको परम्परागत पोसाक तथा संस्कृति, युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेको देख्न सकिन्छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार संघ वसन्त वित्यसी थापाले सुनुवार भाषामा आएको नयाँ गीतलाई नेपाली सांगीतिक फाँटमा सकारात्मक र उदाहरणीय प्रयासको रूपमा हेरिएको बताए। उनले भने, ‘यस प्रकारका सिर्जनात्मक प्रयासले बहुभाषिक समाजमा भाषिक विविधताको सम्मान गर्छ र भाषाहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

गीतका रचनाकार सुनुवार नेपाली सांगीतिक क्षेत्रमा विविधताको रंग थप्ने प्रयास गरेको बताए। उनले स्थानीय भाषा र संस्कृतिको संरक्षणप्रति पनि सकारात्मक सन्देश दिन गीत रचना गरिएको बताए। गीतमा सुनुवार भाषा मात्र नभई समुदायको जीवनशैली, भावना र संस्कृति झल्किएको छ। उनले भने, ‘हामीले यो गीत सिर्जना गर्दा हाम्रो भाषा, पहिचान र संस्कृति जोगाउने अभिप्राय राखेका थियौं। नयाँ पुस्तालाई आफ्नो भाषा र संगीतप्रति गर्व गर्न प्रेरणा मिलोस् भन्ने चाहना छ।’

सनुवारले भने, ‘भाषा मरे संस्कृति मर्छ, त्यसैले गीत, संगीत र कला मार्फत हामी आफ्नो पहिचान बचाइरहेका छौं।’ उनका अनुसार यस्तो सिर्जनाले लोपोन्मुख भाषाहरूमा रुचि बढाउनेछ र यसको अध्ययन, प्रचारप्रसार र जगेर्नामा मद्दत पुग्नेछ।

कार्यक्रममा रामेछापका जिल्लाका पूर्वसांसदहरुको आतिथ्यता रहेको थियो। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।

भिडियो

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको