ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा. ली.ले शनिबार नगरमै पहिलोपटक मन्टेश्वरी तथा इसिडी (अर्ली चाइल्डहुड डेभलपमेन्ट) तालिम कार्यक्रम सम्पन्न गरेको छ। तालिममा नगर क्षेत्रका विभिन्न ९ विद्यालयमा कार्यरत ६० जना महिला शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिमको उद्देश्य बालबालिकाको सर्वाङ्गिण विकासमा केन्द्रित दक्ष तथा प्रभावकारी मन्टेश्वरी शिक्षक उत्पादन गर्नु रहेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमका अध्यक्ष थम बहादुर अधिकारीले शिक्षण सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउने दिशामा तालिमले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालमैत्री पद्धतिमा आधारित शिक्षाको आवश्यकता आजको युगमा झन् बढ्दै गएको उल्लेख गर्नुभयो।

ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा. ली.का म्यानेजिङ डिरेक्टर राज अधिकारीका अनुसार विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विशेष सहुलियतमा तालिम प्रदान गरिँदै आएको छ। “सिप सिकेर स्वरोजगार बन्न चाहने महिलाका लागि हाम्रो संस्था एक अवसर हो,” उहाँले भन्नुभयो।

उक्त तालिमले बालमैत्री शिक्षा प्रणालीलाई स्थानीय विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद...

यस्तो देखियो माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।...

काठमाडौँको बागमती किनारमा देखिए दुर्लभ चरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौँको थापाथलीस्थित बागमती नदी पुल नजिक दुर्लभ...

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु : पहिलो दिन तीन खेलमा क-कसले जित निकाले ?

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता...

धेरै पढिएको