असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली गाउँघरलाई जीवन्त बनाएको छ।

यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा खेतमा धमादम खेतमा रोपाइँ सुरु भएको छ। यसै क्रममा फोटो पत्रकार सुजन श्रेष्ठले काठमाडौँको फर्पिंङमा देखिएको रोपाईको केहि दृश्य प्रस्तुत गरिएको छ।

धान रोपाईंको विशेषता सामूहिकता हो — यो केवल एउटै किसानको काम होइन। परिवार, छिमेकी र आफन्तहरू मिलेर खेतमा जुट्छन्। हिलोमा खेलिँदै, गीत गाउँदै, ठट्यौली चलाउँदै काम गर्ने यस्तो अवसर वर्षमा एकपटक मात्र आउँछ। खेतको मेहेनतमा पनि हासो, गीत र मित्रताको मिठास मिसिएको हुन्छ।

धान नेपालमा प्रमुख अन्नबाली हो। मुलुकको खाद्य सुरक्षाको मेरुदण्ड मानिने धान खेती लाखौँ किसानको जीविकासँग जोडिएको छ। त्यसैले असारको रोपाईं केवल कृषि कार्य नभई नेपाली अर्थतन्त्र, समाज र संस्कृतिसँग गहिरो रूपमा गाँसिएको क्रिया हो।

रोपाईं नेपाली जीवनशैलीको एउटा अद्वितीय रूप हो, जसले सहकार्य, श्रमको सम्मान र प्रकृतिसँगको सहजीवितालाई दर्शाउँछ। यो हाम्रो मौलिकता, परम्परा र प्रकृति प्रतिको आस्था समेटिएको कृषि उत्सव पनि हो।

     

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको