रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली गाउँघरलाई जीवन्त बनाएको छ।

यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा खेतमा धमादम खेतमा रोपाइँ सुरु भएको छ। यसै क्रममा फोटो पत्रकार सुजन श्रेष्ठले काठमाडौँको फर्पिंङमा देखिएको रोपाईको केहि दृश्य प्रस्तुत गरिएको छ।

धान रोपाईंको विशेषता सामूहिकता हो — यो केवल एउटै किसानको काम होइन। परिवार, छिमेकी र आफन्तहरू मिलेर खेतमा जुट्छन्। हिलोमा खेलिँदै, गीत गाउँदै, ठट्यौली चलाउँदै काम गर्ने यस्तो अवसर वर्षमा एकपटक मात्र आउँछ। खेतको मेहेनतमा पनि हासो, गीत र मित्रताको मिठास मिसिएको हुन्छ।

धान नेपालमा प्रमुख अन्नबाली हो। मुलुकको खाद्य सुरक्षाको मेरुदण्ड मानिने धान खेती लाखौँ किसानको जीविकासँग जोडिएको छ। त्यसैले असारको रोपाईं केवल कृषि कार्य नभई नेपाली अर्थतन्त्र, समाज र संस्कृतिसँग गहिरो रूपमा गाँसिएको क्रिया हो।

रोपाईं नेपाली जीवनशैलीको एउटा अद्वितीय रूप हो, जसले सहकार्य, श्रमको सम्मान र प्रकृतिसँगको सहजीवितालाई दर्शाउँछ। यो हाम्रो मौलिकता, परम्परा र प्रकृति प्रतिको आस्था समेटिएको कृषि उत्सव पनि हो।

     

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको