पर्साका साँसदहरुद्वारा कोरोना संकटको सामना गर्न वीरगन्जको लागि बिशेष प्याकेज माग

राहुल गुप्ता, वीरगन्ज – पर्सा जिल्लाबाट निर्वाचित साँसदहरुद्वारा पर्सा जिल्लाको लागि कोरोना संकटको सामना गर्नका लागि बिशेष प्याकेजको माग गरेका छन् । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदिप यादव र क्षेत्र ४ बाट निर्वाचित लक्षमणलाल कर्णले  आइतवार उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री इश्वर पोखरेललाई भेंटेर आफ्नो माग राखेका हुन । सरकारको तर्फबाट कोरोना सम्बन्धमा संयोजनको भुमिकामा हरेका संघीय सरकारका उपप्रधानमन्त्री पोखरेलले वीरगन्ज मुलुकमै सबभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने साधनस्रोत अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता दिएको साँसद यादवले बताए ।

वीरगन्जमा ठुलो आकारको बृहद र सुबिधासम्पन्न बेग्लै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पिसिआर परिक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त संख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने संक्रमितहरुको उपचार, खाना तथा अन्य सुबिधा बिश्व स्वास्थ्य संगठनको मापदण्डमा अबिलम्ब सुरु गराउन र वीरगन्जमा जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित ब्यवस्थापन गर्न लगायतका माग साँसदहरुले राखेका थिए ।

वीरगन्जको नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल संचालन गरे पनि त्यसको क्षमताभन्दा बढी संक्रमित फेला परेका कारण यहाँ ब्यवस्थापनमा चुनौति देखिएको छ  ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको