युरोपको क्वारेन्टिनबाट जन्मिएको ‘६ मिनेट ६’

लिस्वन- पोर्तुगलमा अनलाईन टेलिभिजन मार्फत् एक पृथक कार्यक्रम सञ्चालन हुने भएको छ । घरदेशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले ६ मिनेट सबैमा प्रयाप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार गरिएको हो ।

एक दशकदेखि पत्रकारीताको क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले “६ मिनेट ६” नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । प्रवासमा राजनितिका कुरा गर्न नभ्याउने बताउदै उनले प्रवासी समयको महत्व बुजेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पर्ने खालको कार्यक्रम रहेको उनको भनाई छ । नेपालमा जस्तै पूर्णकालिन पत्रकारीत गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ ।

मोफसलदेखि बाहिरी जिल्ला होस् वा देशदेखि विदेशसम्म नै किन नहोस्, सञ्चारकर्मको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ । कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केहि आराम मिलेको उनी बताउछन् । छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम गरिनेछ ।

पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउदैं सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रमलाई अगाडी बढाउन हौंसिएको बताए । मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनितिमा प्रवासी पत्रकारीताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए । साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट उत्पादन गरिने छ ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको