युरोपको क्वारेन्टिनबाट जन्मिएको ‘६ मिनेट ६’

लिस्वन- पोर्तुगलमा अनलाईन टेलिभिजन मार्फत् एक पृथक कार्यक्रम सञ्चालन हुने भएको छ । घरदेशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले ६ मिनेट सबैमा प्रयाप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार गरिएको हो ।

एक दशकदेखि पत्रकारीताको क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले “६ मिनेट ६” नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । प्रवासमा राजनितिका कुरा गर्न नभ्याउने बताउदै उनले प्रवासी समयको महत्व बुजेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पर्ने खालको कार्यक्रम रहेको उनको भनाई छ । नेपालमा जस्तै पूर्णकालिन पत्रकारीत गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ ।

मोफसलदेखि बाहिरी जिल्ला होस् वा देशदेखि विदेशसम्म नै किन नहोस्, सञ्चारकर्मको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ । कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केहि आराम मिलेको उनी बताउछन् । छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम गरिनेछ ।

पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउदैं सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रमलाई अगाडी बढाउन हौंसिएको बताए । मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनितिमा प्रवासी पत्रकारीताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए । साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट उत्पादन गरिने छ ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको