बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार (तस्वीरहरू)

रसुवा – असार २४ गते तिब्बतबाट आएको भीषण बाढीले रसुवा–चीन नाकाको समग्र संरचना तहसनहस पारेपछि नेपाली भूभागमा पुनःनिर्माणको सुरसार देखिएको छैन। उता, चीनले भने आफ्नोतर्फ धमाधम पुनःनिर्माण कार्य सुरु गरिसकेको छ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेशन, सडकलगायतका संरचना नष्ट गरेको छ। सयौँ सवारीसाधन बगाउँदा तथा सडक, पुल क्षतिग्रस्त हुँदा रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।

सरकारी तथ्यांक अनुसार, हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने १७ जना अझै बेपत्ता छन्। एक जना घाइते छन्। सुरक्षाकर्मी, सशस्त्र प्रहरी, सेना तथा सिविल टोलीसहित १,९५० जनाको टोली उद्धारमा खटिएको छ। स्थल र हवाईमार्गबाट गरी ९४९ जनाको उद्धार भएको छ।

बाढीले स्याँफ्रुबेसी–टिमुरे सडकखण्डको करिब १.२ किलोमिटर भाग पूर्णरूपमा बगाएको छ। दुईवटा मोटरेबल पुल पूर्णरूपमा नष्ट हुँदा रसुवा–चीनको आवागमन ठप्प भएको छ।

तर, बाढी गएको एक साता बित्न लाग्दा पनि नेपाली पक्षबाट पुनःनिर्माण थालिएको छैन। प्रशासनिक तयारी, सर्वेक्षण वा बजेट व्यवस्थापनको प्रक्रिया समेत सार्वजनिक गरिएको छैन। यता, चीनले भने केरुङतर्फका सडक र संरचनामा जेसीबी, उपकरण र जनशक्ति परिचालन गर्दै पुनःनिर्माण तीव्र बनाएको देखिन्छ।

स्थानीय बासिन्दा र व्यापारीहरूले सरकारसँग पुनःनिर्माणमा शीघ्र पहल गर्न माग गरेका छन्।

    

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको