बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार (तस्वीरहरू)

रसुवा – असार २४ गते तिब्बतबाट आएको भीषण बाढीले रसुवा–चीन नाकाको समग्र संरचना तहसनहस पारेपछि नेपाली भूभागमा पुनःनिर्माणको सुरसार देखिएको छैन। उता, चीनले भने आफ्नोतर्फ धमाधम पुनःनिर्माण कार्य सुरु गरिसकेको छ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, टिमुरे भन्सार, जलविद्युत् आयोजना, विद्युतीय चार्जिङ स्टेशन, सडकलगायतका संरचना नष्ट गरेको छ। सयौँ सवारीसाधन बगाउँदा तथा सडक, पुल क्षतिग्रस्त हुँदा रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।

सरकारी तथ्यांक अनुसार, हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने १७ जना अझै बेपत्ता छन्। एक जना घाइते छन्। सुरक्षाकर्मी, सशस्त्र प्रहरी, सेना तथा सिविल टोलीसहित १,९५० जनाको टोली उद्धारमा खटिएको छ। स्थल र हवाईमार्गबाट गरी ९४९ जनाको उद्धार भएको छ।

बाढीले स्याँफ्रुबेसी–टिमुरे सडकखण्डको करिब १.२ किलोमिटर भाग पूर्णरूपमा बगाएको छ। दुईवटा मोटरेबल पुल पूर्णरूपमा नष्ट हुँदा रसुवा–चीनको आवागमन ठप्प भएको छ।

तर, बाढी गएको एक साता बित्न लाग्दा पनि नेपाली पक्षबाट पुनःनिर्माण थालिएको छैन। प्रशासनिक तयारी, सर्वेक्षण वा बजेट व्यवस्थापनको प्रक्रिया समेत सार्वजनिक गरिएको छैन। यता, चीनले भने केरुङतर्फका सडक र संरचनामा जेसीबी, उपकरण र जनशक्ति परिचालन गर्दै पुनःनिर्माण तीव्र बनाएको देखिन्छ।

स्थानीय बासिन्दा र व्यापारीहरूले सरकारसँग पुनःनिर्माणमा शीघ्र पहल गर्न माग गरेका छन्।

    

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको