काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। भर्खरै सम्पन्न बोर्ड बैठकले नतिजा औपचारिक रूपमा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा result.neb.gov.np वा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np मार्फत हेर्न सक्नेछन्।
यस वर्षको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी छन्।
