काठमाडौं उपत्यकामा गाईजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकालगायत देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने प्रचलन यस पर्वमा छ। धार्मिक विश्वासअनुसार यसरी नगरपरिक्रमा गर्दा दिवंगत आत्माले गाईको पुच्छर समाई वैतरणी पार गर्छन्।

इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकि रानीलाई संसारको शोक देखाउन जनतालाई आफ्ना दिवंगत आफन्तका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि प्रहसन र हास्यव्यंग्यको प्रचलन पनि सुरू भएको जनश्रुति छ। प्रताप मल्लको पालादेखि हनुमानढोका दरबार हुँदै गाईजात्रा पार गर्ने परम्परा अझै कायम छ।

यस पर्वमा सामाजिक विकृति र विसंगति उजागर गर्न हास्यव्यंग्य प्रदर्शन, नाचगान र करुण रसका गीत गाउने चलन छ। पञ्चायती व्यवस्थापछि केही समय प्रतिबन्धित भए पनि २०३३ सालदेखि महोत्सवका रूपमा पुनः सुरू गरिएको हो।

काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायतका सहरमा नेवार समुदायको विशेष सहभागिता रहँदै गाईजात्रा मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारका विशेष कार्यक्रम र पत्रपत्रिकामा व्यंग्य अंक पनि प्रकाशित हुने गरेका छन्। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तस्वीरहरू: सुजन गुरुङ 

    

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको