काठमाडौं उपत्यकामा गाईजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकालगायत देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने प्रचलन यस पर्वमा छ। धार्मिक विश्वासअनुसार यसरी नगरपरिक्रमा गर्दा दिवंगत आत्माले गाईको पुच्छर समाई वैतरणी पार गर्छन्।

इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकि रानीलाई संसारको शोक देखाउन जनतालाई आफ्ना दिवंगत आफन्तका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। त्यसपछि प्रहसन र हास्यव्यंग्यको प्रचलन पनि सुरू भएको जनश्रुति छ। प्रताप मल्लको पालादेखि हनुमानढोका दरबार हुँदै गाईजात्रा पार गर्ने परम्परा अझै कायम छ।

यस पर्वमा सामाजिक विकृति र विसंगति उजागर गर्न हास्यव्यंग्य प्रदर्शन, नाचगान र करुण रसका गीत गाउने चलन छ। पञ्चायती व्यवस्थापछि केही समय प्रतिबन्धित भए पनि २०३३ सालदेखि महोत्सवका रूपमा पुनः सुरू गरिएको हो।

काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायतका सहरमा नेवार समुदायको विशेष सहभागिता रहँदै गाईजात्रा मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारका विशेष कार्यक्रम र पत्रपत्रिकामा व्यंग्य अंक पनि प्रकाशित हुने गरेका छन्। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तस्वीरहरू: सुजन गुरुङ 

    

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको