जन्ते ढुङ्गा : बनेपा र पनौतीको बीचको नयाँ पर्यटकीय गन्तव्य (तस्वीरहरू)

काभ्रेपलान्चोक – बनेपा नगरपालिका–१० बास्डोल र पनौती नगरपालिका– ४ चामखरको सिमानामा अवस्थित जन्ते ढुङ्गा हाल आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा आएको छ। विशेषगरी बिदाका दिनमा यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यको मजा लिन पर्यटकहरूको भीड लाग्ने गरेको छ।

हरियो चौर र डाँडासहितको जन्ते ढुङ्गा वरिपरिको सुन्दर दृश्य, ढुङ्गाको अनौठो आकार र यससँग जोडिएका लोककथाले पनि आगन्तुकलाई आकर्षित गर्छ। हालै सामाजिक सञ्जालमा यहाँका तस्बिरहरू भाइरल भएपछि दैनिक सयौं मानिस घुम्न आउने गरेका छन्।

पर्यटक चहलपहल बढेसँगै स्थानीयहरूले अस्थायी पसल सञ्चालन गर्न थालेका छन्, जसले घुम्न आउनेहरूलाई सहजता भएको छ भने स्थानीयको आय आर्जन पनि बढेको छ। तर, भीडसँगै फोहर व्यवस्थापन चुनौती बनेको छ। यसका लागि चामखर एकीकृत युवा समूहले डस्टबिन राख्नुका साथै विभिन्न स्थानमा फोहर नफाल्न सूचना बोर्डहरू स्थापना गरेको छ।

मनसुनको मौसममा झनै हरियालीले भरिपूर्ण देखिने यो स्थानबाट वरिपरिका पहाडी भूभाग र प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ। प्रकृति र शान्त वातावरणको खोजीमा हुनुहुन्छ भने जन्ते ढुङ्गा एकपटक अवश्य भ्रमण गर्नुपर्ने स्थान हो।

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको