जन्ते ढुङ्गा : बनेपा र पनौतीको बीचको नयाँ पर्यटकीय गन्तव्य (तस्वीरहरू)

काभ्रेपलान्चोक – बनेपा नगरपालिका–१० बास्डोल र पनौती नगरपालिका– ४ चामखरको सिमानामा अवस्थित जन्ते ढुङ्गा हाल आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा आएको छ। विशेषगरी बिदाका दिनमा यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यको मजा लिन पर्यटकहरूको भीड लाग्ने गरेको छ।

हरियो चौर र डाँडासहितको जन्ते ढुङ्गा वरिपरिको सुन्दर दृश्य, ढुङ्गाको अनौठो आकार र यससँग जोडिएका लोककथाले पनि आगन्तुकलाई आकर्षित गर्छ। हालै सामाजिक सञ्जालमा यहाँका तस्बिरहरू भाइरल भएपछि दैनिक सयौं मानिस घुम्न आउने गरेका छन्।

पर्यटक चहलपहल बढेसँगै स्थानीयहरूले अस्थायी पसल सञ्चालन गर्न थालेका छन्, जसले घुम्न आउनेहरूलाई सहजता भएको छ भने स्थानीयको आय आर्जन पनि बढेको छ। तर, भीडसँगै फोहर व्यवस्थापन चुनौती बनेको छ। यसका लागि चामखर एकीकृत युवा समूहले डस्टबिन राख्नुका साथै विभिन्न स्थानमा फोहर नफाल्न सूचना बोर्डहरू स्थापना गरेको छ।

मनसुनको मौसममा झनै हरियालीले भरिपूर्ण देखिने यो स्थानबाट वरिपरिका पहाडी भूभाग र प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ। प्रकृति र शान्त वातावरणको खोजीमा हुनुहुन्छ भने जन्ते ढुङ्गा एकपटक अवश्य भ्रमण गर्नुपर्ने स्थान हो।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको