सकियो ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन, अन्तिम अडिसन श्रावण ३१ गते

काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन शनिबार राजधानीको मण्डला ब्याङ्क्वेट, तिनकुनेमा सम्पन्न भएको छ।

कार्यक्रममा २६ जना प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्दै उपस्थित दर्शक र निर्णायकलाई प्रभावित पारेका थिए । रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारी पूरा गरेर अडिसनमा सहभागी भएका महिलाप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई मनदेखि सम्मान रहेको बताएका थिए ।

निर्णायक मण्डलमा चर्चित गायिका सुनीता दुलाल, निर्देशक तथा अभिनेत्री एलिजा गौतम, र्‍यापर निर्णय NSK, वरिष्ठ पत्रकार हरी गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष ग्येन्द्र लामा तथा पूर्व अध्यक्ष एवं HLC सदस्य (NRNA ICC) विनोद कुँवर रहेका थिए।

आयोजक तथा सहयोगी टोलीमा दिल माया मगर (प्रमुख कार्यकारी, MKM फेसन हाउस), महेन्द्र शाही (प्रबन्ध निर्देशक), सुस्मिता तिमल्सिना र अनिशा (संयोजक) सहितका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा महेन्द्र शाहीले सञ्चालन गरेका थिए।

अन्तिम अडिसन आगामी श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने आयोजकले जानकारी दिएका छन्।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको