सकियो ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन, अन्तिम अडिसन श्रावण ३१ गते

काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन शनिबार राजधानीको मण्डला ब्याङ्क्वेट, तिनकुनेमा सम्पन्न भएको छ।

कार्यक्रममा २६ जना प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्दै उपस्थित दर्शक र निर्णायकलाई प्रभावित पारेका थिए । रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारी पूरा गरेर अडिसनमा सहभागी भएका महिलाप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई मनदेखि सम्मान रहेको बताएका थिए ।

निर्णायक मण्डलमा चर्चित गायिका सुनीता दुलाल, निर्देशक तथा अभिनेत्री एलिजा गौतम, र्‍यापर निर्णय NSK, वरिष्ठ पत्रकार हरी गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष ग्येन्द्र लामा तथा पूर्व अध्यक्ष एवं HLC सदस्य (NRNA ICC) विनोद कुँवर रहेका थिए।

आयोजक तथा सहयोगी टोलीमा दिल माया मगर (प्रमुख कार्यकारी, MKM फेसन हाउस), महेन्द्र शाही (प्रबन्ध निर्देशक), सुस्मिता तिमल्सिना र अनिशा (संयोजक) सहितका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा महेन्द्र शाहीले सञ्चालन गरेका थिए।

अन्तिम अडिसन आगामी श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने आयोजकले जानकारी दिएका छन्।

सिफारिस

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण...

भर्खरै

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई...

काठमाडौँद्वारा चितवन ५३ रनले पराजित (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल...

चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा...

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

धेरै पढिएको