प्रेमीसँग मिलेर श्रीमानको हत्या

विराटनगर – विराटनगरका औषधि व्यवसायीको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरिसकिएको जानकारी दिए । उनकाल अनुसार श्रीमतीकै योजनामा घटना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।

सिफारिस

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा...

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

धेरै पढिएको