यस्तो देखियो सञ्चालनका लागि तयार भएको नागढुंगा सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासँग जोडिएको नागढुङ्गा सुरुङमार्ग यसपालिको दशैँमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

२.६ किलोमिटरको लामो सुरुङ २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को असोजसम्म सञ्चालनमा आउने देखिएको छ।

नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो। धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ।

सुरुङमार्गमा आवागमन गर्नुपर्दा सवारी साधनले दस्तुर तिर्नुपर्ने छ। एक पटकमा कम्तिमा ६० देखि ६ सय रुपैयाँसम्म लाग्नेछ । जसअनुसार बाहिरबाट काठमाडौं आउँदा कार तथा भ्यानले ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस र ट्रकले काठमाडौं आउँदा एक सय १५ र जाँदा ८०, बस र ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा दुई सय रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणहरु काठमाडौं आउँदा ६ सय र जाँदा दुई सय ५० रुपैयाँ तोकिएको छ ।

नागढुंगा सुरुङमार्ग जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपालको आफ्नै स्रोतमा निर्माण गरेको हो । सुरुङमार्ग निर्माणमा करिब २३ अर्ब रुपैयाँ खर्च हुँदैछ। जापानी निर्माण कम्पनी हाम्जा एन्ड कर्पोरेसनले ठेक्का पाएर निर्माण गरेको हो ।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। १५५३...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल एक आवरण थिएन यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो साहसले भरिएको...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँको हनुमान ढोकामा फोटो प्रदर्शनी गरेको छ । काठमाडौँ महानगरपालिका, नेपाल आर्ट काउन्सिल र...

भर्खरै

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार...

गोल्डेन ट्रयाङ्गल बाइक टूर हुँदै , बंगलादेश र भारतबाट पनि राइडर सहभागी हुने 

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल...

दशैंका लागि किन्न थालियो खसी, बोका र च्याङ्ग्रा (तस्वीरहरू)

हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा...

दशैं घरमा यसरी राखियो जमरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३...

प्रधानमन्त्रीले शीतलनिवास पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो...

धेरै पढिएको