हरितालिका तीज : पशुपतिमा व्रतालु महिलाको घुइँचो (तस्वीरहरू)

आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालाे नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ।

पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाकाे लागि व्यव्था मिलाइएकाे शपुपति क्षेत्र विकास काेषले जनाएकाे छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए।

केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने जोशीले बताए। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन्।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ। श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ।

कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन्।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।

तीजको अवसरमा सरकारले आज महिलाहरुलाई बिदा दिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

 

   

सिफारिस

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। १५५३...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल एक आवरण थिएन यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो साहसले भरिएको...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँको हनुमान ढोकामा फोटो प्रदर्शनी गरेको छ । काठमाडौँ महानगरपालिका, नेपाल आर्ट काउन्सिल र...

भर्खरै

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार...

गोल्डेन ट्रयाङ्गल बाइक टूर हुँदै , बंगलादेश र भारतबाट पनि राइडर सहभागी हुने 

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल...

दशैंका लागि किन्न थालियो खसी, बोका र च्याङ्ग्रा (तस्वीरहरू)

हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा...

दशैं घरमा यसरी राखियो जमरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३...

प्रधानमन्त्रीले शीतलनिवास पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो...

धेरै पढिएको