स्थानीय सरकारदेखि राष्ट्रिय नेतृत्वसम्म : शी लिड्स आइकनले चिनायो ३१ महिला हस्ती

काठमाडौं – स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको सुकर्मलाई संचार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको शी लिड्स आइकन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका छन्।

कल्प इम्पावर वुमन नेपालको महिलाको राजनीतिमा सहभागिता प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना हुँदै आएको यस कार्यक्रमलाई गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपश्चात दोस्रो संस्करणका रूपमा अघि बढाइएको हो।

आयोजक संस्थाका अनुसार यसपटक देशभरबाट एक सय ३१ आवेदन प्राप्त भएमध्ये एक सय ११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए। तीमध्ये कोशी प्रदेशबाट २०, मधेशबाट १२, बागमतीबाट १७, गण्डकीबाट १६, लुम्बिनीबाट १६, कर्णालीबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १६ आवेदन परेको थियो।

निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा तथा लैंगिकता विशेषज्ञ सरु जोशी रहनुभएको थियो। समितिले मूल्यांकनपछि कोशीबाट ४, मधेशबाट ५, बागमतीबाट ५, गण्डकीबाट ४, लुम्बिनीबाट ४, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ५ गरी कुल ३१ जना महिला जनप्रतिनिधि छनोट गरेको हो।

यसरी छनोट भएकामध्ये ७ जना प्रमुख/अध्यक्ष र २४ जना उपप्रमुख/उपाध्यक्ष रहेका छन्।

छनोटमा परेका महिला जनप्रतिनिधि :

कोशी प्रदेश : प्रमिला राई (भोजपुर), बिपना कुलुङ (सोलुखुम्बु), विष्णु कुमारी लिम्बु (इलाम), सबिता राई (सोलुखुम्बु)

मधेश प्रदेश : विद्या देवी भुजेल (धनुषा), कल्पना कुमारी कटुवाल (सर्लाही), गिता चौधरी (सप्तरी), गोकुली कुमारी रेग्मी (पर्सा), रीना कुमारी साह (रौतहट)

बागमती प्रदेश : सिता माया गुरुङ (धादिङ), गायत्री आचार्य (दोलखा), मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा (मकवानपुर), बाल कुमारी कार्की (रामेछाप)

गण्डकी प्रदेश : हिरादेवी शर्मा (पर्वत), भागवती रेग्मी अर्याल (स्याङ्जा), पद्मा गुरुङ (लमजुङ), चन्द्रकला अधिकारी (कास्की)

लुम्बिनी प्रदेश : विना कुमारी भट्टराई (बर्दिया), हुमा कुमारी डि.सी. (दाङ), निरमाया तरामु (गुल्मी), मिना थापा (रोल्पा)

कर्णाली प्रदेश : देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी (सुर्खेत), धर्मकला शाही (कालिकोट), सिता जैसी (जाजरकोट)

सुदूरपश्चिम प्रदेश : जमुना कुमारी बोहरा (डोटी), सुशिला शाही (कैलाली), ज्ञानु कुमारी सेटी देउबा (डडेल्धुरा), डोल्मा तामाङ (बझाङ), लक्ष्मी धामी रोकाया (डोटी) रहेका छन्।

आयोजक कल्पकी अध्यक्ष पूजा कोइरालाका अनुसार, छनोटमा परेका ३१ महिला जनप्रतिनिधिहरूलाई आगामी भाद्र १६ गते एक दिने तालिम, भाद्र १७ गते सञ्चारकर्मीहरूसँग अन्तरक्रिया र उनीहरूको कामलाई सार्वजनिक गर्न कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रवर्द्धन गर्ने योजना छ।

त्यसपछि पुष १८ देखि २० गतेसम्म काठमाडौंमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना गरिने र पुष २२ गते अवार्ड समारोहमार्फत ३१ मध्ये ७ जनालाई ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिने छ।

आइकन घोषणा प्रक्रियामा जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता आधार मानिने आयोजकले जनाएको छ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको