लायन एफसी ‘बी’ले हात पार्यो पहिलो मनोरञ्जन फुटसल लिगको उपाधि (तस्वीरहरू)

काठमाडौं – पहिलो मनोरञ्जन फुटसल लिग–२०८२ को उपाधि लायन एफसी ‘बी’ले हात पारेको छ ।

शनिबार राजधानीको इलाइट फुटसलमा सम्पन्न लिगमा लायन एफसी ‘बी’ गोल अन्तरको आधारमा शिलापत्र एफसीलाई पछि पार्दै विजेता बनेको हो ।

लिगको सुरुवाती खेलमै लायन ‘बी’सँग पराजित भएको शिलापत्रले त्यसपछि लगातार दुई खेलमा जित र एक खेलमा बराबरी गर्दै शीर्षस्थानमा उक्लिएको थियो । तर अन्तिम खेलमा लायन ‘ए’लाई लायन ‘बी’ले ८ गोलको फराकिलो अन्तरले हराएपछि शिलापत्र गोल अन्तरमै पछि पर्न बाध्य भयो र उपविजेतामा सीमित रह्यो ।

विजेता लायन एफसी ‘बी’ले एक खेलमा हार, एकमा बराबरी र दुई खेलमा जित निकाल्दै उपाधि जितेको हो ।

विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उदयपुरे फुड प्रडक्टका अध्यक्ष धिरज श्रेष्ठ (पूर्ण) ले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित लायन एफसीद्वारा आयोजित प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो । लिग प्रणालीमा खेलाइएको उक्त प्रतियोगितामा अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीलाई विजेता घोषित गरिएको थियो ।

प्रतियोगिताका संयोजक इन्द्र लामाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी टोली र खेल हेर्न आउने खेलप्रेमी दर्शकप्रति हार्दिक आभार प्रकट गरे ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको