लायन एफसी ‘बी’ले हात पार्यो पहिलो मनोरञ्जन फुटसल लिगको उपाधि (तस्वीरहरू)

काठमाडौं – पहिलो मनोरञ्जन फुटसल लिग–२०८२ को उपाधि लायन एफसी ‘बी’ले हात पारेको छ ।

शनिबार राजधानीको इलाइट फुटसलमा सम्पन्न लिगमा लायन एफसी ‘बी’ गोल अन्तरको आधारमा शिलापत्र एफसीलाई पछि पार्दै विजेता बनेको हो ।

लिगको सुरुवाती खेलमै लायन ‘बी’सँग पराजित भएको शिलापत्रले त्यसपछि लगातार दुई खेलमा जित र एक खेलमा बराबरी गर्दै शीर्षस्थानमा उक्लिएको थियो । तर अन्तिम खेलमा लायन ‘ए’लाई लायन ‘बी’ले ८ गोलको फराकिलो अन्तरले हराएपछि शिलापत्र गोल अन्तरमै पछि पर्न बाध्य भयो र उपविजेतामा सीमित रह्यो ।

विजेता लायन एफसी ‘बी’ले एक खेलमा हार, एकमा बराबरी र दुई खेलमा जित निकाल्दै उपाधि जितेको हो ।

विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उदयपुरे फुड प्रडक्टका अध्यक्ष धिरज श्रेष्ठ (पूर्ण) ले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित लायन एफसीद्वारा आयोजित प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो । लिग प्रणालीमा खेलाइएको उक्त प्रतियोगितामा अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीलाई विजेता घोषित गरिएको थियो ।

प्रतियोगिताका संयोजक इन्द्र लामाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहभागी टोली र खेल हेर्न आउने खेलप्रेमी दर्शकप्रति हार्दिक आभार प्रकट गरे ।

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको