गुल्मीका कोरोना संक्रमित बिरामीको आइसियूमा उपचार हुदै

काठमाडौँ – सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएको बुझिएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

उनको अहिले पनि सोही अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको शाहले जानकारी दिए।

‘उहाँको ट्राभल हिस्ट्री कतै बाहिर गएको पाइएको छैन, उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ’, शाहले भने।

अस्पतालको आइसियूमा भर्ना भएको कारण उनको उपचार त्यहीँ हुन्छ वा अन्यत्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिए।

सिफारिस

प्रतिनिधिसभाको बैठक आज बस्दै, के के छ कार्यसूचि ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै...

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

धेरै पढिएको