यसरी जल्यो संसद भवन (तस्वीरहरु)

काठमाडौं – प्रदर्शनकारीले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएको हो । आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै संसद भवनभित्र युवाहरुको समूह प्रवेश गरेपछि प्रहरीहरु सुरक्षा छाडेर भागेका थिए ।

त्यसक्रममा केही प्रदर्शनकारीले त्यहाँ खटिएका सुरक्षाकर्मीको बन्दुक खोसेर खुसीयाली मनाएका थिए ।

नेपालमा भएका राजनीतिक आन्दोलनमा संसद भवनभित्रै आक्रमण, तोडफोड र आगजनी भएको यो पहिलोपटक हो ।

सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरुद्ध जेनजी युवाहरु हिजो सडकमा ओर्लिएर प्रदर्शन गरेका थिए । त्यसक्रममा केही युवा संसद भवनको पर्खाल भत्काउँदै भित्र प्रवेश गरेका थिए । त्यसपछि प्रहरी गोली चलाउँदा १७ जना मारिएका थिए ।

आज बिहानैदेखि संसद भवनभित्र र बाहिर सेनासहितका सुरक्षाकर्मी खटाइएको थियो । तर उग्र प्रदर्शनकारीको अगाडि सुरक्षाकर्मी निरीह बन्दै पछि हटेका थिए । त्यसपछि उनीहरुले संसद भवनमा आगजनी र तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले आज नै नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा पनि आगजनी गरेका छन् ।

प्रदर्शनकारीले संसद भवनभित्रका सवारी साधनसमेत जलाएका छन् । केही युवा संसद भवनको छानोको टुप्पोसम्मै पुगेर राष्ट्रिय झण्डा फहराएका थिए ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको