एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिका शिल

काठमाडौँ – बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ।गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई शिल गरिएको छ।

एकैपटक ४७ जनामा संक्रमण फेला परेपछि सोमवार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकाका सबै वडाहरुमा हुने अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

पूरै गाउँपालिका क्षेत्रलाई अर्कौ सूचना जारी नहुँदासम्म शिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन्।

गाउँपालिकाका स्वास्थ्य संयोजक नागेन्द्र साहले भने सिल गरिएको जस्तो अवस्था नरहेको बताएका छन्। ‘मान्छेहरुको आवात जावात कायमै छ,’ साहले भने ‘एकै ठाउँमा यति धेरै संक्रमित फेला परेपछि जति सावधानी अपनाउनु पर्ने हो त्यो अपनाएको देखिएको छैन। यसका साथै नयाँ थपिएका ५९ संक्रमितलाई कहाँ लगेर राख्ने भन्ने कुराको पनि अझैं टुंगो लागिसकेको छैन।

एकै पटक ठूलो संख्यामा संक्रमित फेला परेपछि स्थानीय स्तरमै व्यवस्थापन गर्ने तयारी गरिएको भएपनि अझैं स्थानको टुंगो भने लागि नसकेको साहले बताए। स्थान अभावमा फेला परेका नयाँ संक्रमितलाई यो खवर तयार पर्दासम्म स्थनीय विद्यालयहरुमा निर्मित क्वारेन्टिनमै राखिएको छ।

किन नरैनापुरमा यतिधेरै संक्रमित फेला परे ? भन्ने प्रश्न गर्दा – साहले भारतबाट एकैपटक ठूलो संख्यामा मानिसहरु फर्केर आउनु र उनीहरुलाई विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएपनि ती व्यवस्थित नहुँदा समस्या भएको बताए ।

नरैनापुरमा सोमवार बेलुका ४७ र रातिमा थप १२ जनामा गरि एकै दिन ५९ जनामा संक्रमन पुष्टि भएको छ।

 

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी देवताका मूर्ति बनाउने कलाकारहरू विश्वकर्माको मूर्ति बनाएर बजार पठाउँन व्यस्त देखिन्छन्। बनाएका मूर्तिको आकारअनुसार ८ हजार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

८ महिनामै सरुवा भए बालेनका सारथि प्रदिप परियार

काठमाडौं - सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप...

धेरै पढिएको