प्रधानमन्त्री ओलीले भने : ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं’

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। ओलीले संसदको बैठकमा मंगलबार जवाफ दिने क्रममा यस्तो दृढता व्यक्त गरेका हुन्। उनले भने, ‘अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं ।’

उनले अतिक्रमित भएका ती क्षेत्र समावेश गरेर सरकारले नयाँ नक्शा जारी गरेको जानकारी दिदैँ अब अतिक्रमित भूमि फिर्ता लिन तत्काल राजनीतिक र कुटनीतिक तहमा प्रभावकारी पहल गर्ने बताए। ओलीले मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुरूपको नेपालको नक्शा छिटै नै प्रकाशित गर्ने बताए। नयाँ नक्शाअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधनसमेत गर्नुपर्ने उनको भनाइ छ।

उनले राष्ट्रवाद प्रदर्शन गर्न मात्र नक्सा सार्वजनिक नगरेको स्पस्ट पारे। उनले भने, ‘यो तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन।’ सन् १९६२ मा कालापानीमा भारतीय सैनिक बसेपछि त्यसभन्दा पश्चिमको नेपाली भूमिमा पुग्ने रोकिएको बताए।२०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने काम भएको थियो, उनले भने, त्यसपछि त्यहाँ जान नदिने, रोक्ने काम भयो। खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि पश्चिमको भूभागमा जाना हामी ब्लक भयौं। हामीलाई ब्लक गरियो।

ओलीले त्यसबेलाका शासकले सहेका कारण यो विषय निरन्तर ओझेलमा पर्दै आएको बताउँदै अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमण ओझेलमा पर्न नदिने बताए। ‘हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं, उनले भने, ‘त्यही अठोटका साथ कुटनीतिक माध्यमबाट ठोस पहल गरेर हाम्रो भूमि फिर्ता ल्याइने छ। त्यो हाम्रो भूमि हो। त्यसलाई जबरजस्ती विवादास्पद बनाइएको छ। त्यो विवादास्पद भूमि होइन।’

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको