वेष्टइण्डिजलाई पराजित गर्दै नेपालले जित्यो ऐतिहासिक उपाधि

काठमाडौं – नेपालले युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्टइण्डिजलाई दोस्रो खेलमै पराजित गर्दै ऐतिहासिक सिरिज उपाधि जितेको छ ।

सोमबार शारजाहमा भएको खेलमा नेपालले ९० रनले विजयी हुँदै तीन खेलको सिरिज २–० ले आफ्नो पक्षमा पार्दै एक खेल अगावै उपाधि हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको योगफल बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे भने सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रन बनाए । दुवै बीच चौथो विकेटका लागि १०० रनको शतकीय साझेदारी भयो, जुन नेपालको टी–२० आईमा चौथो विकेटको उच्च साझेदारी हो ।

१७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिँदै बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे । कुशल भुर्तेलले ३, ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

युनिटी कपको पहिलो खेलमा पनि नेपालले वेष्टइण्डिजलाई १९ रनले हराएको थियो । यससँगै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको गौरव हासिल गरेको छ ।

सिरिजको तेस्रो र अन्तिम खेल मंगलबार हुनेछ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको