फोटो महोत्सवमा सहभागिता हुन एनएफपिजेका अध्यक्षसहित तीन प्रतिनिधि चीन प्रस्थान

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल(एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीनको सान्तोङ प्रान्ततर्फ प्रस्थान गरेका छन् । “अवसर चीन, ऊर्जाशील सान्तोङ” (Opportunity China, Vitality Shandong) अन्तर्राष्ट्रिय फोटो महोत्सवमा सहभागी हुन अध्यक्ष वन्तको टोलीमा समूहका केन्द्रीय सदस्य अनुप प्रधान र रामेछाप जिल्ला अध्यक्ष मिलन बिक आज बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म हुने उक्त अन्तर्राष्ट्रिय फोटो महोत्सवमा विभिन्न एशियाली मुलुकका १००भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरको अनुभव आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

उक्त महोत्सव चीन कम्युनिष्ट पार्टी (CPC) सान्तोङ प्रान्तीय समितिको प्रचार विभाग, सान्तोङ प्रान्तीय जन सरकारको वैदेशिक मामिला कार्यालय, सान्तोङ अन्तर्राष्ट्रिय विनिमय केन्द्र, र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (FIAP) चीन कार्यालय (जिनान) को संयुक्त आयोजनामा हुन् लागेको हो ।

यसलाई सान्तोङ रेडियो तथा टेलिभिजन स्टेशन, सान्तोङ अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानदों कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनले सहआयोजना गरेका छन्।

महोत्सवको क्रममा सहभागीहरूलाई सान्तोङका विभिन्न क्षेत्रहरूको भ्रमण गराई त्यहाँको प्रकृति, संस्कृति र विकासका पक्षहरू क्यामेरामा कैद गर्ने अवसर प्रदान गरिनेछ।

अध्यक्ष वन्तले यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको