काठमाडौं – मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाका कर्मचारी भएको खुलेको छ । उनी महानगरपालिकाको गाडीका चालक भएको पुष्टि भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति भक्तपुर नगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ ।
संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले जानकारी दिए ।