छठ पर्वको मुख्य दिन सोमबार सूर्यको पूजा आराधना गरिएको छ । मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लाको जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।
काठमाडौं उपत्यकामा बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।
छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

